बेलबारी । जेनजी आन्दोलनका क्रममा राजीनामा दिएका बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुलाई काममा फर्काउन नेपाली काँग्रेस,नेकपा एमाले लगायतका दलहरुले सक्रियता बढाएका छन ।
आन्दोलनका क्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला) लगायत बिभिन्न वडाका वडाध्यक्षहरुले सामाजिक सञ्जाल फेसबुकमा राजीनामा दिएका थिए । आन्दोलनको एक महिनापछि राजनीतिक दलहरु उनीहरुलाई काममा फर्काउन कसरत गरिरहेका छन ।
सोमबार बेलबारी नगरपालिकामा नगर प्रमुख,उपप्रमुख,वडाध्यक्षहरु सहित काँग्रेस र एमालेका जिम्मेवार नेताहरु सम्मिलित बैठकले उनीहरुलाई काममा फर्किन आग्रह गरेको थियो । बैठकमा जनप्रतिनिधिहरु समेत काममा फर्किन सकरात्मक देखिएको स्रोतको दाबी छ । पार्टीका नेताहरु आफना जनप्रतिनिधि मनाएर अन्य दलहरु सँग समेत समन्वय गरी सर्बदलिय बैठकको तयारीमा जुटेका छन ।
आन्दोलनका क्रममा बेलबारी नगरपालिका भवन सहित बिभिन्न वडा कार्यलयहरुमा समेत तोडफोड र आगजनी भएको थियो । आगजनीका कारण बेलबारी नगरपालिकाका केही कोठाहरुबाट सेवा प्रबाह भईरहेको छ ।

तपाईको प्रतिक्रिया