दक्षिण कोरिया : विदेशको माटोमा उज्यालो भविष्य र उच्च शिक्षाको सपना बोकेर पुगेकी २२ वर्षीया नेपाली छात्रा मनीषा दाहालको सडक दुर्घटनामा दर्दनाक मृत्युले नेपाली समुदायलाई स्तब्ध पारेको छ।
दक्षिण कोरियाको चुङबुक उम्सङ क्षेत्रमा शनिवार सडकछेउ हिँड्दै गरेकी मनीषा मालवाहक ट्रकको ठक्करबाट गम्भीर रूपमा घाइते भइन्।उनीलाई तत्काल वनजु सेब्रान्स क्रिश्चियन अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनको ज्यान जोगाउन सकेनन्।झापाको कमल गाउँपालिका–तोपगाछिकी कान्छी छोरी मनीषा तीन दिदीबहिनीमध्ये सबैभन्दा सानी थिइन्।
केही दिनअघि मात्र उनी साथीहरूसँग रमाइलो गर्दै २२औँ जन्मदिन मनाएकी थिइन्। कलेजको शनिवार–आइतबारको बिदामा साथीहरूसँग घुम्न निस्किएकी उनी दुर्भाग्यवश यस दुःखद घटनाको शिकार भइन्।

तपाईको प्रतिक्रिया