सुनसरी / इटहरीसहित पूर्वी नेपालका पाँच सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको चल–अचल सम्पत्ति लिलामी प्रक्रियामा जाने भएको छ । हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंले साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको हो । बैंकले पत्रिकामार्फत सूचना प्रकाशित गर्दै पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता गरेपछि लिलामी प्रक्रिया अघि बढाइएको जनाएको छ। सूचना अनुसार मंसिर २८ गते प्रकाशित सूचना बमोजिम ३५ दिन अर्थात् २०८२ माघ ३ गतेभित्र दायित्व भुक्तानी नभए ऋणीलाई कालोसूचीमा राखी ऋण असुली प्रक्रिया अघि बढाइने जनाइएकाे छ । बैंकले इटहरी, बक्लौरी, कानेपोखरी, केरौन, खोटाङको चिउरीडाँडा, हाँसपोसा, एकम्बा लगायत विभिन्न स्थानमा रहेका ४२ कित्ता जग्गा लिलामीमा राख्ने प्रक्रिया सुरु गरेको छ। साथै सञ्चालक बलराम आचार्यले प्रयोग गर्दै आएका टोयोटा ल्याण्डक्रुजर, टाटा इन्ट्रा र किया सेल्टोस गाडीहरू पनि लिलामी सूचीमा समावेश गरिएको छ। लामो समयदेखि व्यापारिक रूपमा थलिएको गोरखा डिपार्टमेन्ट स्टोरले बैंकको ब्याजसमेत नियमित रूपमा तिर्न नसकेपछि लिलामी प्रक्रियामा पुगेको बैंक स्रोतले जनाएको छ। जग्गा कारोबारमा आएको मन्दीका कारण व्यवसाय प्रभावित बनेपछि कम्पनी थप आर्थिक दबाबमा परेको बताइएको छ। पूर्वी नेपालमा डिपार्टमेन्ट स्टोर अवधारणालाई स्थापित गर्दै सपिङ संस्कृतिको सुरुवात गरेका बलराम आचार्य कुनै समय यस क्षेत्रका प्रख्यात व्यापारी मानिन्थे । तर पछिल्लो समय आर्थिक संकटका कारण आफ्नै सम्पत्ति जोगाउनसमेत उनी कठिन परिस्थितिमा परेका छन् ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्...
एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढे...
विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्...
निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा...
कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रण...
मन्त्रिपरिषद्का निर्णय: कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित
काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कार्यसञ्चालनलाई थप व्यवस्थित ...
















