सुन्दरहरैंचा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग नै निर्वाचन भएकाले नेपाली कांग्रेस पार्टी चुनावमा जान पूर्ण रूपमा आतुर रहेको उनले स्पष्ट पारेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ मा आयोजित स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले संविधानको रक्षा र मुलुकलाई संक्रमणबाट जोगाउन निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे ।
उनले आफूहरू निर्वाचनको मिति कुरेर बसे पनि सरकारको फितलो तयारीले गर्दा तोकिएको समयमा चुनाव हुनेमा आशंका उब्जिएको टिप्पणी गरे ।
सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा र राजनीतिक वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले दलका नेताहरू सुरक्षित रूपमा बाहिर निस्कन नसकेको, लुटिएका हतियार अझै बरामद नभएको र कैदीहरू बाहिरै रहेको अवस्थाप्रति सरकारलाई प्रश्न समेत गरे । नेता कोइरालाले अब ढिला नगरी निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टी पङ्तीलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया