विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा शुरु भएको विराट ट्रेड एक्स्पोमा विविध सांस्कृतिक प्रस्तुति पनि भइरहेको छ।
आइतबार रकहेड्स र साहिमा श्रेष्ठको प्रस्तुति रहने छ । रकहेड्स र साहिमा युवा पुस्ताका लोकप्रिय कलाकार हुन् ।
एक्सपो जिल्ला प्रहरी कार्यालय मोरङको कार्यालय नजिकैको मैदानमा चलिरहेको छ । एक्सपोमा हरेक दिन सांगीतिक कार्यक्रम भइरहेको छ ।
















