इनरुवा, आफ्नो श्रीमतीसग लागेको भन्दै एक व्यक्तिको हत्या गर्ने इनरुवाका अशोक पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षिय करी यादवको हत्यामा संलग्न पण्डितलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो ।

आफ्नो ३४ वर्षिय श्रीमती अनिता पण्डितसग अनैतीक सम्बन्ध रहेको कारण हत्या गरेको पण्डितले प्रहरीको बयानमा भनेका छन । प्रहरीको पोर्स्टमाटम रिपोर्ट अनुसार यादवलाई रडले हानेर र घाटी निचोरेर हत्या भएको जनाएको छ ।

मृतक यादवको श्रीमती माईत गएको बेला यदवको पण्डितले रद प्रहार गरी शवलाई इनरुवा स्थित सोमबारे हटिया नजिकै फालेका थिए ।

तपाईको प्रतिक्रिया