सुत्नु हरेक प्राणीले गर्ने एक आधारभूत र आवश्यक कृया हो। निन्द्राले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव गर्ने गर्दछ। व्यक्तिको सफलता पनि उसले गर्ने दैनिक कार्य र उचित निन्द्राले निर्धारण गर्ने र हरेक बिहान उठ्दा उसलाई नयाँ कार्य गर्न थप उर्जा र आत्मविश्वास दिने गर्दछ । यद्यपी, धेरैले रातको उचित समयमा नियमित निन्द्रा प्राप्त गर्न निकै संघर्ष गर्ने गर्दछन् । सजिलैसँगै निन्द्रा नलाग्ने हुँदा निदाउन अनेक उपायहरु अपनाउने गर्दछन् ।

हिन्दू धर्मका अनुसार एक उचित र शान्त निद्रालाई सुताइको स्थिति र दिशाको अवस्थाले परिभाषित गर्दछ । त्यसैगरी, आयुर्वेदकाअनुसार मनुष्यको स्वास्थलाई निर्धारण गर्ने विशेष तीन तत्व खानपान, निन्द्रा र उर्जाको उचित व्यवास्थापन हुन् । यी तीन तत्वको तालमेल मिलेन भने स्वास्थ्यमा प्रतिकूल असर गर्छ । जस कारण अनेकौ रोगहरुले सताउने गर्छ ।

वास्तुशास्त्रले पाँच तत्व (जल, थल, अग्नी, वायु र आकाश )को उचित अनुपात सुनिश्चित गर्न सके मात्रै खुसी र सुखी पारिवारिक वातावरण बनाउन मद्दत गर्छ । मानिसको निन्द्राका लागि पनि उचित र सन्तुलित दिशा चाहिन्छ, जसले गर्दा सकारात्मक उर्जालाई बढवा दिने गर्दछ । ग्रहहरुको चुम्बकीय क्षेत्रका कारण, केही दिशाहरुमा सुत्दा दिमागमा अनावश्यक दवाव हुने, निन्द्रालाई असर पर्ने र स्वास्थ्यमा समस्याहरु निम्त्याउने गर्दछ। हिन्दू धर्मको वर्णन अनुसार सन्तुलित र राम्रो निन्द्राका लागी दिशाले महत्वपूर्ण भूमिका खेल्दछ।

कसरी सुत्दा हुन्छ धनलाभ र प्रसिद्धि ?

पूर्व– पूर्वपट्टि सिरान बनाएर सुत्दा यसले आदर्श सुताइलाई जनाउँदछ। जो कोहीले अथवा विशेषगरी विद्यार्थीले पूर्व सिरान लगाइ सुत्दा स्मरण शक्ति बढाउनुका साथै एकाग्रतामा पनि वृद्धि गराउन मद्दत गर्दछ। शास्त्रका अनुसार शिक्षक, नयाँ अवसरको खोजी गर्ने र बढुवा चाहनेले पूर्वपट्टि फर्केर सुत्दा लाभदायिक हुने विश्वास गरिन्छ र कुनै पनि स्वास्थ्य सम्बन्धित अवरोधहरू हटेर जाने गर्दछ।

पश्चिम– एकथरी विशेषज्ञहरुकाअनुसार पश्चिम दिशापटी फर्केर सुत्दा प्रसिद्धि, धन र सफलता प्राप्त हुने भन्छन् भने अर्काथरीले यसदिशा तर्फ फर्केर सुत्दा खासै केही नहुने तर्क गर्दै नराम्रा सपनाहरु आउने, अलस्यता बढ्ने बताउँछन् । त्यसैगरी, तनावग्रस्त वा चिन्ताबाट मुक्त हुन पश्चिम दिशातर्फ फर्केर सुत्दा उपयुक्त हुन्छ, किनभने यसले जीवनलाई ढिलो बनाउँछ र अन्तत सन्तुष्टि प्रदान गर्दछ।

उत्तर– हिन्दु परम्पराअनुसार केवल दाहसंस्कार गर्दा शवको टाउकोलाई उत्तर दिशातर्फ फर्काएर राखेको हुन्छ। यसैगरी आत्माले यहि दिशा हुँदै शरीरलाई छाड्ने हिन्दु धर्मग्रन्थहरुमा उल्लेख छ। यसकारण, उत्तर दिशाको सुताई केवल रमणीय सपना र सूक्ष्म यात्राको लागि मात्र उपयुक्त मानिन्छ भने यसदिशा तर्फ फर्केर सुत्दा मुख्यतया पृथ्वीको चुम्बकत्वको कारण स्वास्थ्यमा विकराल समस्या निम्त्याउनु हो ।

दक्षिण– दक्षिण दिशातर्फ फर्केर सुत्नु अत्याधिक लाभकारी मानिन्छ। यस दिशामा मृत्युका देवता यमले शासन गरेका हुन्छन्। त्यसकारण, गहिरो निद्रा पाउन यस दिशामा सुत्न शास्त्रमा आग्रह गरिन्छ। वास्तुशास्त्र अनुसार दक्षिण दिशा तिर टाउको फर्काएर सुत्दा धन, खुशी र समृद्धि बढ्ने गर्दछ । यस स्थितिमा सुत्दा निद्राको गुणस्तर पनि उत्तम हुनेगर्दछ ।

तपाईको प्रतिक्रिया