सबै मानिसमा अनौठा बानी हुने गर्छन्। त्यस्तै अनौठो बानी बलिउड अभिनेत्री दीपिका पादुकोणको पनि छ, जसलाई सुन्दा पत्यार नलाग्नसक्छ।

दीपिकालाई होटलका कोठाबाट स्याम्पुका बोतल चोर्ने बानी छ। यसको खुलासा उनकै मिल्ने साथीले गरेकी हुन्। दीपिकाकी निकट मित्र स्नेहा रामचन्दरले मित्रता दिवसको दिन आफ्नो वेबसाइटमा एक नोट लेख्दै यस्तो खुलासा गरेकी हुन्।

‘के तपाईं यस्तो व्यक्तिलाई चिन्नुहुन्छ जसले घुम्न गएका बेला आफू बसेको होटलबाट स्याम्पुको सानो सानो बोटल चोर्छ। मेरो मतलब जम्मा गर्छ। किनकी उसलाई थाहा हुन्छ, उसलाई त्यो मनपर्छ। मलाई थाहा छ, ऊ को हो। मेरी प्यारी साथी, डिपी(दीपिका पादुकोण)। हामी जस्ता साथीका लागि यो खुशीको दिन हो। मैले पछिल्लो ३० वर्षदेखि देख्दै आएको छु। म तिमीलाई माया गर्छु केटी’, पोस्टमा स्नेहाले लेखेकी छन्।

स्नेहाले यसका अलावा दीपिकाका बारेमा अन्य रोचक कुरा पनि गरेकी छन्। उनले आफ्नो जीवनमा दीपिका कसरी एउटा सुखद अंगालो र चक्लेटको तातो कपजस्तो छिन्, उल्लेख गरेकी छन्। उनले दीपिकालाई घण्टौं गफ गरेर बसिरहनसक्ने साथी र शान्त बस्दा पनि खुशी दिने साथीका रूपमा व्याख्या गरेकी छन्।

तपाईको प्रतिक्रिया