इटहरी / दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा तेक्वान्दो खेल तर्फ स्वर्ण तथा रजत पदक बिजेता खेलाडीलाइ सम्मान गरिएको छ ।

खेलको माध्ययमबाट बिश्व सामु नेपाललाई चिनाउन सफल भएकोमा इटहरीबासि गौरावाम्बीत भएको कारण यो सम्मान कार्यक्रमको आयोजना गरिएको नागरिर समाज इटहरीका अध्यक्ष दिनेश रसाईलीले बाताए

खेलाडीहरू शुसिला राई र अप्सरा कार्की लाई शनिवार इटहरीमा सम्मान गरिएको हो । नागरिक समाज इटहरीले खेलाडीहरू इटहरीको गहना भएको भन्दौ नागरिक स्तरबाट कार्यक्रम गरि सम्मान गरेको हो ।

दक्षिण एशियाली खेलकुदमा तेक्वान्दो तर्फ स्वर्ण पदक बिजेता शुसीला राई र रजत पदक बिजेता अप्सरा कार्कीले इटहरीको एउटा इतिहास थपेको भन्दै सजिसजावट गाडिमा पञ्चेबाजान सहित नगर परिक्रमा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश एक सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले प्रदेश एकले खेलकुद नियम पनि बनाई सकेको कारण खेलको माध्यमबाट पनि प्रदेशको बिकास गर्न सक्ने अवस्था रहेको र खेलको माध्यमबाट अगाडि बढने हो भने नेपाल खेलाडीको देश बन्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान हुने बताए ।

 

तपाईको प्रतिक्रिया