गजल
यहाँ मलाई कत्ति गार्हो छ तिमी बुझ्दैनौ र पो सानू
त्यहि भएर त हाम्रो माया काँढेबार भो सानू
तिमी कत्ति मज्जाले भन्छौ सजिलो छ भनि
मेरो जिबनका पीडा कसले बुझिदेने हो सानु
के तिमिलाई मेरो साथ सहयोग छैन र
किन काम लाग्दैन भन्छेउ यो सानु
भो अब हाम्रो बाटो अलग हुँदैछ बुझ्यौ
जति माया गरेपनि तिमिलाई रहिन्छ हुँदो सानू
तिम्रो र मेरो एउटै सपना थियो बाचा थियो
फेरि रोज्यौ मलाई लत्याएर को सानू
जे भए पनि यो ढुकढुकि हार खाँदैन
तिमी जहाँ रोज,रोज जो सानू
महेन्द्र अधिकारी ढुकढुकी