सप्तरीबाट १३ सडक आश्रितको उद्धार

सप्तरीबाट १३ सडक आश्रितको उद्धार
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । सोही क्रममा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत राजविराज नगरपालिका– ७ बाट चार, वडा नं ६ बाट तीन र वडा नं १ बाट ए गरी आठजना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट पाँच गरी १३ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी...

‘सभापति लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह’

‘सभापति लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने उल्लेख गर...

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै पुग्याे एक लाख ६४ हजार ४०० रुपैयाँ

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै पुग्याे एक लाख ६४ हजार ४०० रुपैयाँ
इटहरी । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । भदौ २९ गते प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै असोज १ गते बिहीबार प्रतितोला ६०० रुप...

साफ महिला फुटबलमा आज दुई खेल हुदै, नेपालको सामना भुटानसँग

साफ महिला फुटबलमा आज दुई खेल हुदै, नेपालको सामना भुटानसँग
काठमाडौं । जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुदै छन् ।  आज पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुदैछ । दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुने छ । त्यस्तै दोस्रो खेल नेपाल र  भुटानबीच हुदै छ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुने छ । प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ...

राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी

राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी
राजविराज (सप्तरी) । राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो । कारागार आसपासका स्थानीयले जग्गामा घरटहरा बनाएका कारण जग्गा अतिक्रमणमा परेको जेलर प्रवीणकुमार अधिकारीले बताउनुभयो । अतिक्रमित जग्गामा पक्की र फुसका गरी ८० वटा घर निर्माण भइसकेका छन् । अतिक्रमित जग्गा खाली गराउन कारागार प्रशासनले विभिन्न...

दशैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

दशैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
इनरुवा (सुनसरी) । दशैंमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ । घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको ...

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार
बनियानी (झापा) । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा बिहीबार ...

पशुपतिस्थित धर्मशालाको व्यबस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यबस्थापन कोषले नै गर्ने निर्णय
काठमाडौं / लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषदको आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यबस्थाप...

चिनियाँ ह्याकरद्वारा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक

चिनियाँ ह्याकरद्वारा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक
काठमाडौँ / चिनियाँ सरकारसँग सम्बन्धित उच्च कुशल ह्याकरहरूको समूहले पछिल्ला केही दिनमा धेरै अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक गरेको छ । अमेरिकी मिडिया रिपोर्टका अनुसार चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधहरूमा पहुँच प्राप्त गरेको बताइएको छ । यस ह्याकिङबाट भएको क्षतिको बारेमा अझै अनुसन्धान भइरहेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू एटी एण्ड टी, भेरिजोन  र...

दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ । पाथीभरा पूर्वी नेपालको चर्चित धार्म...