बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने
अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् ।
प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहे...










