सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई बधाई, भन्छन– खेलाडीलाई राज्यले हेरोस्

सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई बधाई, भन्छन– खेलाडीलाई राज्यले हेरोस्
सभामुख देबराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन । ‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिदै भनेका छन, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको ब्याबसायीकरणमा ...

नेपाली क्रिकेट टोलीलाई बालुवाटारमा निम्ता

नेपाली क्रिकेट टोलीलाई बालुवाटारमा निम्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्। शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए। विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेक...

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
 यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकाे छ । बिहिबार लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ...

नवौं राष्ट्रिय खेलकुद कराते छनौट प्रतियोगितामा टंकीकाे “न्यू सेप कराते एकेडेमी” का खेलाडीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद कराते छनौट प्रतियोगितामा  टंकीकाे  “न्यू सेप कराते एकेडेमी” का खेलाडीलाई पहिलो स्वर्ण
नवौं राष्ट्रिय खेलकुद  प्रदेश स्तरीय कराते छनौट प्रतियोगिता मा माेरङ बुढीगंगाकाे टंकीसिन्वारीमा रहेकाे "न्यू सेप कराते एकेडेमी" का खेलाडीले पहिलो स्वर्ण प्राप्त गरेका छन् । धरान रंगसालामा सम्पन्न प्रदेश नं १ अन्तर्गतकाे नवाैं राष्ट्रिय खेलकुद बृहत कराते प्रतियोगिता पूरुष ५० कि.ग्रा. ताैल समुहमा न्यू सेप कराते एकेडेमीका खेलाडी महेश यादवले पहिलाे स्वर्ण प्राप्त गरेका हुन् । उनले याे भन्दा पहिला दुई ...

एवाइसि गढी आठौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा

एवाइसि गढी आठौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा
सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। आज दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको समुदघाटन गर्दै २१ करोड लागतमा सुविधा सम्पन्न दुहबी रंगशालाको ६०% काम सम्पन्न भएको जानकारी दिएका छन्। मेयर गच्छदारले दुहबीमा खेलाडीहरुलाई ब्यबसायिक बनाउन फुटबल एकेडेमिको समेत अवधारणा लिइसकेको जनाए। आज भएको पहिलो प्रि-क्वाटर फा...

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की

प्रदेश १  खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की
प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी जीना कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए । मन्त्रिपरिषद्को सोमबार अबेर रातिसम्म बसेको बैठकले त...

नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको लक्ष्य
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् । १२औँ ओ...

पपुवा न्यूगिनी र नेपाल बीच खेल हुदै

पपुवा न्यूगिनी र नेपाल बीच खेल हुदै
नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ। दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेप...

राष्ट्रिय महिला लिग फुटबल भोलिदेखि भरतपुरमा, प्रचण्डले उद्घाटन गर्ने

राष्ट्रिय महिला लिग फुटबल भोलिदेखि भरतपुरमा, प्रचण्डले उद्घाटन गर्ने
दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिग बिहीबारदेखि चितवनमा हुँदैछ । लिगको पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । यसपटक लिगको पहिलो चरणका खेलहरू चितवनको भरतपुरमा हुँदैछन् । पहिलो चरणका खेलका लागि तयारी प्ररा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरू भरतपु...

आज नेपाल थाइल्याण्ड सँग भिड्दै

आज नेपाल थाइल्याण्ड सँग भिड्दै
नेपालले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियो टोली थाइल्यान्डविरूद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार आज साँझ पौने ६ बजेबाट सुरू हुनेछ। हाल थाइल्यान्ड फिफा वरियताको एक सय १२ औं स्थानमा छ भने नेपाल एक सय ६७ औं स्थानमा छ। पछिल्लो पटक नेपाल र थाइल्यान...