कांग्रेस मोरङ–६ को अधिवेशनमा झडप, ६० कुर्सी तोडफोड, क्षेत्रीय सभापतिका उम्मेदवारसहित एक दर्जन बढी घाइते

कांग्रेस मोरङ–६ को अधिवेशनमा झडप, ६० कुर्सी तोडफोड, क्षेत्रीय सभापतिका उम्मेदवारसहित एक दर्जन बढी घाइते
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा कुटपिट भएको छ । सुन्दरहरैंचा नगरपालिकामा क्षेत्रीय पदाधिकारी चयनका क्रममा विवाद बढेपछि कुटपिट भएको हो । कुटपिटमा क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदार, महाधिवेशन प्रतिनिधि उमेदवार चेतराज रेग्मीलगायतका नेता घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

विराटनगर बसपार्क क्षेत्रबाट १७ जना युवती प,क्राउ

विराटनगर बसपार्क क्षेत्रबाट १७ जना युवती प,क्राउ
विराटनगर । प्रहरीले विराटनगर बसपार्कमा उश्रृंखल गतिविधिमा संलग्न आरोपमा १७ जना युवतीलाई नियन्त्रणमा लिएको छ । वडा कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक लोकेन्द्रबहादुर सिंह गुरुङको कमाण्डको टोलिले सोमबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्थानीयले गुनासो गरेपछि प्रहरीले बसपार्क क्षेत्रको गतिविधिमा निगरानी राखेको थियो । त्यस क्रममा केहि अनैतिक गतिविधि समेत हुने गरेको सूचना पाएपछि प्रहरी...

बुढीगंगा गाउँपालिका कांग्रेस सभापतिमा दिलीपकुमार चौधरी विजयी, उपसभापतिमा किरण र सावित्रा

बुढीगंगा गाउँपालिका कांग्रेस सभापतिमा दिलीपकुमार चौधरी विजयी, उपसभापतिमा किरण र सावित्रा
मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढीगंगा गाउँपालिका कार्यसमितिको सभापति पदमा दिलीपकुमार चौधरी विजयी भएका छन्। गाउँपालिका कार्यसमितिका अन्य पदमा पनि नयाँ नेतृत्व चयन भएको छ। बुढीगंगा गाउँपालिका–६ का वडाध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यसमेत रहेका चौधरी सभापति पदमा विजयी भएका हुन्। उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाएर अघि बढ्ने प्...

बुढीगंगा गाउँपालिका सभापतिमा सोमराज काफ्लेको उम्मेदवारी

बुढीगंगा गाउँपालिका सभापतिमा सोमराज काफ्लेको उम्मेदवारी
मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढीगंगा गाउँपालिका सभापति पदका लागि वडा नं. १ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य सोमराज काफ्लेले उम्मेदवारी प्रस्तुत गरेका छन्। सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै काफ्लेले बुढीगंगाका वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग र समर्थनका लागि आग्रह गरेका छन्। उनले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन अपिल गर्दै पार्टी संगठनल...

बुढीगंगामा कांग्रेस सभापतिका लागि दिलीपकुमार चौधरीको उम्मेदवारी

बुढीगंगामा कांग्रेस सभापतिका लागि दिलीपकुमार चौधरीको उम्मेदवारी
मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढीगंगा गाउँपालिकाको सभापति पदका लागि दिलीपकुमार चौधरीले उम्मेदवारी घोषणा गरेका छन्। बुढीगंगा गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यसमेत रहेका चौधरीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जेहेन्दार, सक्रिय तथा संगठनप्रति प्रतिबद्ध नेताका रूपमा परिचित चौध...

मोरङ १ कांग्रेस क्षेत्रीय सभापतिमा पाँच आकांक्षी

मोरङ १ कांग्रेस क्षेत्रीय सभापतिमा पाँच आकांक्षी
लेटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि पाँच जना आकांक्षी देखिएका छन्। वर्तमान क्षेत्रीय सभापति शंकर राई, महासमिति सदस्य देवराज चाम्लिङ, अर्जुन तुम्रोक, सेमन्तराज दाहाल र ललित अधिकारी क्षेत्रीय सभापतिका लागि आकांक्षीका रूपमा देखिएका हुन्। क्षेत्रीय नेतृत्वका लागि आकांक्षीहरूबीच आन्तरिक छलफल र भेटघाटसमेत चलिरहेको छ। पार्टी संगठनमा लाम...

सप्तकोशीको बाढीले १७ घर डुबायो, सुत्केरीसहित परिवार बाँधमा

सप्तकोशीको बाढीले १७ घर डुबायो, सुत्केरीसहित परिवार बाँधमा
सप्तरी । सप्तकोशी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १७ घरपरिवार प्रभावित भएका छन् । वडा नम्बर ४ र ५ मा नदीको पानी घरभित्र पसेपछि प्रभावित परिवारलाई अग्लो कोशी बाँधमा सारिएको छ । प्रभावित परिवारमा चार जना सुत्केरी महिला समेत रहेका छन् । गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले घरमा पानी पसेपछि सुत्केरी महिलासहित प्रभावित परिवार सुरक्षित स्थानका रूपमा को...

बजरंग स्टिल उद्योगबाट अत्यधिक वातावरण प्रदूषण भएकाे भन्दै उद्योगमन्त्रीलाई ध्यानाकर्षण पत्र

बजरंग स्टिल उद्योगबाट अत्यधिक वातावरण प्रदूषण भएकाे भन्दै  उद्योगमन्त्रीलाई ध्यानाकर्षण पत्र
दुहबी । सुनसरीको दुहबी नगरपालिका–१ मा सञ्चा लित बजरंग स्टिल उद्योगबाट अत्यधिक वातावरण प्रदूषण भइरहेको भन्दै रास्वपा दुहबीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएको छ। रास्वपा दुहबी नगर सभापती मित्र प्रसाद निरौला र रास्वपा दुहबी १ का वडा सभापती वसिम रैनको नेतृत्वमा समितिले मन्त्रीसमक्ष बुझाएको पत्रमा उद्योगबाट भइरहेको वातावरणीय प्रदूषणका कारण स्थानीय गाउँ–बस्ती तथा जनस्वास्थ्यम...

एभरेष्टका शिक्षक–कर्मचारीलाई एआई तालिम

एभरेष्टका शिक्षक–कर्मचारीलाई एआई तालिम
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरेको छ । समयानुकूल प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई थप प्रभावकारी ढंगबाट अध्यापन गराउने उद्देश्यले विद्यालयले तालिम आयोजना गरेको हो। तालिममा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउने शिक्षक–शिक्षीका तथा कर्मचारीहरूको सहभागिता थियो। कम्प्युटर शिक्षाका ...