मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ६ जना घाइते
बिराटचौक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरको ठक्करबाट ६ जना घाइते भएका छन् ।
‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई गछियातर्फ नै जाँदै गरेको प्रदेश १–०२–००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुस...