झापाको बिर्तामोडमा आगलागी, २५ लाख क्षति अनुमान
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ मियावारीमा आज बिहान आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। बिहान करिब ४:४० बजेतिर विद्युत् सर्ट भई लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो।
आगलागीका कारण मिलमा रहेका मकै र पराल पूर्णरूपमा जलेर नष्ट भएका छन्। यस घटनाबाट अन्दाजी २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। साथै, आगलागीमा एउटा बाछीको मृत्यु भएको छ भने अर्को बाछी घाइते भएको छ।
म...










