जलवायु परिवर्तनले सन् २०२४ मा निम्त्याएका ५ विपत्ति
सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन ।
यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड–तोड्ने तापक्रमले विश्वभर चरम मौसमी घटना बढाउने काम गर्यो ।
विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावि...











