६६ दिनदेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

उदयपुर, २३ साउन । ६६ दिनदेखि बन्द देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ। विद्युत् भोल्टेजमा आएको गडबडीले मोटर जलेर बन्द भएको उद्योग मर्मतपछि सञ्चालनमा आएको हो। उद्योगको क्लिंकर उत्पादन गर्ने मोटर बुटवलस्थित नेपाल हेभी इलेक्ट्रिक लिमिटेडमा मर्मत गरी जडान गरेपछि उद्योगमा काम सुरु भएको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए। जेठ २० गते ५ सय किलोवाट क्षमताको हाइटेन्सनले मोटर...

उदयपुरमा ४० हजार नक्कली नोटसहित अनिल पक्राउ

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार विहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले च्यातिएको एउटा र ३९ वटा नक्कली हजारका नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो । मंगलबार साँझ सिवाई बजारको नैनादेवी चौधरीको पसलमा १ सय ४० रुपैयाको दैनिक उपभोग्य वस्तु खरीद गरेपछि नक्कली हजारको नोट दियो । पसलेले चेन्ज छैन भनेपछि फिर्ता गरे...
     

भोजपुरमा विमानको उडान परीक्षण सफल

भोजपुर / जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ । नेपाल एयरलायन्सको नयाँ विमान (वाई बाह्र)ले आज परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने निगमका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिनुभयो । वाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार विमानस्थल...

हिमालय दर्शन कलेजका विद्यार्थीले बुझाए ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट, विजेताले पायो नगद पुरस्कार

हिमालय दर्शन कलेजका विद्यार्थीले बुझाए ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट, विजेताले पायो नगद पुरस्कार
विराटनगर २१ साउन । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटामा पुगेर गरिएको ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट बुधबार प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले कलेजमा एक कार्यक्रम आयोजना गरी गत साउन १६ गते धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा तयार पारिएको रिर्पोट प्रस्तुत गरेका थिए । कलेजमा अध्ययनरत वि.एस्सी सीएस आईटी , वि.आई.एम, वि.सीएका विद्यार्थीहरुले...

बालुवाटारस्थित सुबिसुको कार्यालयमा भीषण आगलागी

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा भीषण आगो लागेको छ। बुधबार दिउँसो पौने बजे अचानक आगलागी सुरू भएको प्रहरीले जनाएको छ। इन्धन भन्डारण गरेको ठाउँबाट आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले बताए। आगलागी नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका छन्। काठमाडौं महानगरको दमकल, जुद...

लक्ष्मीमार्गमा आगलागी, ३ घर जल्दा लाखौको क्षति

बेलबारी । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्ग चौकमा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् भने करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ । मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जन...

तरकारी खाएर होईन, हेरेर चित्त बुझाउनु पर्ने अवस्था

तरकारी खाएर होईन, हेरेर चित्त बुझाउनु पर्ने अवस्था
इनरुवा । प्रदेश १ कै प्रमुख तरकारी उत्पादन केन्द्रको रुपमा रहेको सुनसरी सदरमुकामका उपभोक्ताहरु तरकारी किनेर खान नसक्ने अवस्थामा पुगेका छन । केही समय अघि आएको बाढी पछि स्थानीय तरकारीको मुल्य एकै पटक पाँचसय प्रतिसतसम्म बढेपछि त्यस्तो अवस्थाको सृजना भएको छ । असार साउन महिनामा आएको पानीले तरकारी बाली लगाएको खेतवारी डुवानमा परे पछि सुनसरीमा तरकारीको मुल्यमा आकासिएको हो । ...

निगमको शानलाई जहाजको उचाइझैँ पुर्याउँछौँ : पर्यटनमन्त्री भट्टराई

निगमको शानलाई जहाजको उचाइझैँ पुर्याउँछौँ : पर्यटनमन्त्री भट्टराई
  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सानलाई जहाजकै उचाइ बराबर पुर्याउने गरी सुधारको काम गरिने बताएका छन्। राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्दै निगमको हालको अन्योलग्रस्त अवस्था...

सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आएन

    सुनसरी, २२ साउन । सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । बैशाखदेखि फैलिएको महामारीका कारण धरानमा मात्रै १० हजारभन्दा बढि डेंगुका बिरामी फेला परेका छन् । साविक धरानका प्रत्येक घरमा डेंगुका कारण बिरामी परेका छन् । पछिल्लो समयमा भने बिष्णुपादुका र पानमारा क्षेत्रमा समेत डेंगुको महामारी फैलदो क्रममा छ । धरानमा डेंगुको महामारी नियन्त्रणमा नआँउदा...