रक्सी भनेर तेल खाँदा एकको मृत्यु
ओखलढुंगा, १८ साउन । मोलुङ गाउँपालिका-७ पात्लेमा मछिनोको तेल खाँदा एक जनाएको मृत्यु भएको छ। शनिबार रक्सी भनेर मछिनोको तेल खाँदा ३९ वर्षीय मकर तामाङको मृत्यु भएको हो।
वडा अध्यक्ष हेमबहादुर सुनुवारले मदिरा भनेर मछिनोको तेल खाँदा ज्यान गएको जानकारी दिए। शुक्रबार साँझदेखि नै मदिराले मातेका कुमारले शनिबार बिहान तेल खाएको हुन सक्ने सुनुवारको अनुमान छ।
मृतक तामाङ नौ वर्षदेखि पात्लेमा मछिनो उद्योग च...








