उपनिर्वाचन मंसिर १४ गते तोकियो
काठमाडौं, १७ साउन। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।
गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निध...









