वीरेन्द्रनगर / वीरेन्द्रनगर लागुऔषध कारोबार र प्रयोगकर्ताको अखडा बन्दै गएको छ । लागुऔषध कारोबारीले वीरेन्द्रनगरलाई मुख्य केन्द्र बनाएका छन् । भारतीय बजार हुँदै सहजरुपमा भित्रिने भएकाले यहाँ लागुऔषध दुर्व्यसनीको संख्या बढ्दो छ । वीरेन्द्रनगरमा अहिले लुकीछिपी लागुऔषध कारोबार र प्रयोग हुने गरेको छ ।

गत आर्थिक वर्षमा मात्र सुर्खेत प्रहरीले १ सय ३८ जनालाई पक्राउ गरेको छ । जिल्लामा पक्राउ परेको यो अहिलेसम्मकै धेरै हो । प्रहरी तथ्यांकले नै वीरेन्द्रनगर लागुऔषध कारोबारी र प्रयोगकर्ताको अखडा बनेको पुष्टि गर्छ । आजको अन्नपूर्ण दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया