भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताका आरोपी पदाधिकारीलाई अस्पताल प्रवेशमा निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो ।

अस्पतालमा आज आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा लामो समयदेखि रहेर बिरामीका लागि र भौतिक संरचना निर्माणमा आएकोे बजेटको दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिइने कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले बताउनुभयो । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया