सरकार महँगा विदेशी मदिरा आयात नियन्त्रणको प्रयासमा जुटिरहे पनि अहिले देशको संघीय राजधानी काठमाडौं उपत्यकामा विभिन्न ब्रान्ड र लेबलका स्वदेशी तथा विदेशी नक्कली मदिराको बिगबिगी देखिएको छ । यसरी नक्कली मदिराको बिगबिगी देखिएपछि काठमाडौं प्रहरीले अनुसन्धान र खोजतलास थालेको छ ।

काठमाडाैं उपत्यका प्रहरी कार्यालयको अनुगमन टोलीले विशेष सूचनाको आधारमा बजार अनुगमन गर्ने क्रममा राजधानीमा स्वदेशी र विदेशी ब्रान्डका नाममा नक्कली मदिरा बिक्री हुने गरेको तथ्य फेला परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली मदिरा उत्पादन र बिक्री कारोबारमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखा कालीञ्चोक गाउँपालिका–३ का निरज उप्रेती, काठमाडौंको गोंगबु मित्रनगरस्थित एसटी लिक्विर स्टोरका सञ्चालक स्याङजा गल्याङ नगरपालिका–९ का धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–२ स्थायी घरभई हाल ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया