काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । भारतीय आयल निगम९आइओसी०ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।
निगमले हवाई इन्धन अर्न्तराष्ट्रिय उडान तर्फको बिक्री मुल्यमा पनि समान्य घटाएको छ । गोइतका अनुसार भ्रमण बर्षलाई टेवा पुर्याउने हवाई इन्धन९अर्न्तराष्ट्रिय० तर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाएको हो ।
‘प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरेका छौ,’ उनले भने । यस्तै, पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन अर्न्तराष्ट्रिय तर्फ भने मूल्य समायोजन गरेको छैन । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।























