मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम गर्ने जनाएको छ । यही माघ २१ गते आईतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामुलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने जनाएको हो ।
विराट क्यान्सर इन्स्टिच्युटले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विश्व क्यान्सर दिवसका अवसरमा उपचारको पहुँचको दुरीलाई घटाउँदै लाने संकल्प सहित रोगीको उपचार सहयोगार्थ समेत कार्यक्रम गर्न लागिएको जनाएको छ । आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ फरक तथा पृथक १५ वटा भन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गर्ने जनाएको छ ।
“आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौ” भन्ने नारा सहित कार्यक्रम गर्न लागिएको विराट क्यान्सर ईन्स्टिच्युटले जनाएको छ ।
कार्यक्रम अन्तर्गत रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटले स्कुल ¥याली, साइकल ¥याली, स्कुटर ¥याली, कार ¥याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग बिशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका बिद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुती जस्ता विभिन्न कार्यक्रम रहेका छन् । साथै कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीहरुलाइ दिने निर्णय गरेको ‘आशा क्लोज द केयर ग्याप’ का कार्यक्रम प्रमुख डाक्टर निकिता कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । क्यान्सरसँग लडिरहेका बिरामी जसले बाँचेर जीवनमा केहि गर्छु भनि सर्घष गरिरका विरामीलाई सहयोग गर्ने निर्णयका साथ अगाडी बढेको कार्कीले बताउनुभयो ।
आशा कार्यक्रमका दिन संघिय सांसद डा.शेखर कोइराला, मुख्यमन्त्री केदार कार्कीले रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युट भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।