मोरङको सुनवर्षीमा दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को १ प ६३४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुनवर्षी नगरपालिका ६ का ५० वर्षीय सुरेन दासको मृत्यु भएको हो ।

पैदल हिँडिरहेका दासलाई मोटरसाइकलले झपडतल–खिर्किडाँगी भित्री सडक खण्डमा मंगलबार राति ८ बजेतिर ठक्कर दिएको थियो ।

मोटरसाइकल र चालक १५ वर्षीय बालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया