मोरङ । बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने भएको छ।

आगामी असार ५ गतेदेखि बुढीगंगा गाउँपालिका–६ मा सञ्चालन हुने तालिमले स्थानीय युवायुवती तथा नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

तालिममा सहभागीहरूलाई उद्घोषण कला, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, समूह व्यवस्थापन, सञ्चार सीप तथा व्यक्तित्व विकाससँग सम्बन्धित सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङका अनुसार तालिममा सहभागी हुन इच्छुक बुढीगंगा गाउँपालिकाका स्थायी बासिन्दाले वडा नं. ६ को कार्यालयमा सम्पर्क गरी नाम दर्ता गर्न सक्नेछन्।

आयोजकका अनुसार तालिमले स्थानीय युवाको क्षमता अभिवृद्धि गर्दै दक्ष, आत्मविश्वासी र नेतृत्वदायी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, अवसरको सदुपयोग गर्दै तालिममा सक्रिय सहभागिता जनाउन स्थानीय युवायुवतीलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया