कान्तिपुर दैनिक
सुगौली सन्धिपछि कालापानी क्षेत्रमा भारतबाट दुईवटा अतिक्रमण भएको ज्ञवालीको भनाइ थियो। ुपहिला नक्सामार्फत् र पछि व्यवहारबाट नेपाली भूमि अतिक्रमित भएको देखिन्छ,ुउनले भने। भारतले२००७ सालपछि नेपालको उत्तरी सीमानामा चेकपोस्ट राख्ने क्रममा कालापानीमा पनि सेना राखेको उनले बताए। अन्य ठाउँबाट सेना हटाउँदा पनि कालापनीबाट भारतीय सेना फिर्ता हुनुको सट्टा झन् बलियोसँग उपस्थित भएको उनको भनाइ थियो।
कालापानी क्षेत्र दुर्गम भएको र त्यहाँ नेपालको प्रशासनिक उपस्थिति कमजोर भएको अवसर पारेर भारतले सुरुमा नक्सामा र पछि व्यवहारमा नै नेपाली भूमि अतिक्रमण गरेको ज्ञवालीको भनाइ थियो। सन् १८१६ को सुगौली सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सीमा परिवर्तन हुने र प्रभावित हुने गरी कुनै पनि सन्धि नभएका उनले जानकारी दिए। सुगौली सन्धि नै नेपाल(भारतको सीमा निर्धारण गर्ने आधार भएको दुवै देशले स्वीकार गरेको उनको दाबी थियो।
संसदमा आएको संकल्प प्रस्ताव र राजनीतिक दलहरूको समर्थनले सरकारलाई भारतसँग सीमाबारे छलफल गर्न बल पुगेको ज्ञवालीको भनाइ थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बुधबारको टेलिफोन कुराकानीमा नयाँ वर्ष २०२० मा दुवै देशबीच सम्बन्ध राम्रो बनाउने कुरा गरेकाले सीमा समस्या समाधान सहज हुने उनले अपेक्षा राखे। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।























