नेपालमा विशेषज्ञ नर्सहरुको उचित प्रयोग राज्यले कहिले गर्ने?
कोरोनाको विश्वव्यापी महामारीको समयमा अग्रपंक्तिमा खटेर काम गरिरहेका नर्सहरुलाई हेरेर सायद धेरैले नर्सिंग पेशाको महत्व बुझिसक्नुभएको छ। नर्सिङ पेशा केवल औषधि दिने र सुइ लगाउने मात्र होइन भन्ने कुरा पनि अलि अलि बुझ्न थाल्नुभएको छ होला। तर नर्सिङ शिक्षा र नर्सिङ पेशाको कार्यक्षेत्रको दायरा बुझाउन बाँकी नै छ। अनेकौं पीडादायी संघर्ष गर्दै काम गरेपनि यतिबेला स्टाफ नर्सको भूमिका धेरैजसो भनिरहनुपर्दैन तर ...