अहिलेको नेपालमा फैलिरहेको कोरोना भाइरसको भेरियन्ट धेरै संक्रामक छ। सबै उमेर समूहमा यसले प्रभाव पार्न सक्ने देखिएको छ। घरपरिवारमा एकजना संक्रमित भएपछि सबैजना संक्रमित भइरहेको देखिएको छ। यसले अहिलेको भाइरस धेरै व्यक्तिमा फैलिएको र भोलिका दिनमा समुदायमा फैलिँदै गएर बालबालिकाहरु पनि संक्रमित हुने देखिन्छ।

पहिलो लहरमा बालबालिकामा संक्रमणको फैलावट तुलनात्मक रुपमा कम थियो। दोस्रो लहरमा अलि बढी देखियो। तेस्रो लहरमा बढ्ने सम्भावना किन पनि बढी छ भने हाम्रो बानी परिवर्तन गर्ने कुरा, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरा, मास्कको सही प्रयोग, दुरी कायम गर्ने,  स्यानिटाइजरको प्रयोग गर्ने विषयमा यो कुरा पालना बालबालिकाबाट राम्रोसँग नहुन सक्छ।

अर्को हामीले अहिले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेका छौं। नेपालमा १८ वर्षभन्दा मुनिका बालबालिकाले खोप लगाउन मिल्दैन।

व्यवहार परिवर्तनका कुरा र खोपको कारणले पनि बालबालिकाभन्दा युवा वर्ग बढी सुरक्षित रहनसक्ने देखिन्छ। त्यसैले बालबालिकामा बढी संक्रमण बढी हुनसक्छ।

तर, यसको अर्थ बालबालिका बाहेकका उमेर समूह सुरक्षित छ भन्ने होइन। कोरोना विरुद्धको खोप लगाइसकेकाहरुमा पनि रोग प्रतिरोधात्मक क्षमता विकास हुन अझै बाँकी छ। केही समय अझै लाग्छ।

यस्तै पहिलो र दोस्रो लहरमा जे जति तयारीहरु गर्‍यौं। त्यो तयारीका सन्दर्भमा स्वास्थ्यकर्मी वा अस्पतालको पूर्वाधारको तयारी बालबालिका बाहेकका व्यक्तिहरुका लागि लक्षित गर्‍यौं। जसले गर्दा बालबालिका धेरै संक्रमित हुँदा हामीले बढी तयारी गर्नुपर्छ। अस्पतालमा बालबालिका लक्षित तयारी गर्ने समय अहिले भएको हुनाले हामीले बालबालिकालाई केन्द्रमा राखेर व्यवहार परिवर्तनसँगै अस्पतालहरुमा तयारी गर्नुपर्छ।

बालबालिकालाई संक्रमण नसार्न गर्नुपर्ने व्यवहार हामीले गर्नुपर्छ। यो अवस्था अरु देशहरुमा पनि छ। त्यसैले नेपालमा पनि यस्तो तयारी गर्नुपर्छ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोरोना ब्रिफिङका क्रममा दिएको जानकारी) ( swathya khabar)

तपाईको प्रतिक्रिया