स्याङ्जामा अठार वर्षमाथिका ९९ प्रतिशत नागरिकले पहिलो मात्रा खाेप लगाए
स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन्।
जिल्लामा गत शुक्रबारसम्म एक लाख १९ हजार ७८५ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन्। ए...