नेपालमा थप २९३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार देशभर ११ हजार ६ सय २६ जनाको नमूना परीक्षण गर्दा पिसिआरबाट २ सय ४१ जना र एन्टिजेनबाट ५२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा २ सय ६३ जना संक्रमित कोरोनामुक्त भएको र दुई जनाको कोरोनाका कारण निधन भएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका ३ जना संक्रमित भेटिएका छन् । यीमध्ये २ जना ठिक भइसकेका छन् भने एक जनाको उपचाररत छन् ।

तपाईको प्रतिक्रिया