नेपालमा पछिल्लो १८ दिनमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण पृष्टि हुनुका साथै ३१ जनाको मृत्यु भएको छ । पुसको पहिलो हप्ता डेढसयको हाराहारीमा संक्रमित रहने गरेकोमा पुसको दोस्रो र तेस्रो हप्तामा सरदर दैनिक दुई अढाइसय संंक्रमित फेला परेको पाइन्छ । दैनिक छ सात हजाको आरसीपीटीआर परीक्षण हुने गरेको र सोही आधारमा एक डेढसय संक्रमित थपघट हुनु सामान्य गरेको चिकित्सकहरुले जनाएका छन् । विश्वका केही मुलुक र भारतमा पनि ओमिक्रोनको संगमण फैलने दर ह्वात्तै बढे पनि नेपालमा सो अनुसार नबढे भए पनि सचेत रहनु पर्ने चिकित्सकको राय छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथयांक अनुसार नेपालमा १८ दिनमा चार हजार २०६ जनामा कोरोना संक्रमण पृष्टि हुनुका साथै ३१ ज्नाको मृत्यु भएको भएको हो।
पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। मन्त्रालयले आइतबार पाँच हजार ९६२ जनाको आरटी पीसिआर परीक्षण गर्दा २१६ जनामा कोरेना पृष्टि भएको हो ।
शनिबार पाँच हजार सात जनाको आरटी पीसीआर परीक्षण गर्दा ३४२ जनामा कोभिड संक्रमण पृष्टि भएको थियो ।
पुस १ गते १६०, पुस २ गते २६९, पुस ३ गते १५८, पुस ४ गते १३३, पुस ५ गते २१८,पुस ६ गते २५२, पुस ७ गते २१७, पुस ८ गते २४१, पुस ९ गते २३७, पुस १० गते १५७, पुस ११ गते २१३, पुस १२ गते २५१, पुस १३ गते २४१, पुस १४ गते २०९, पुस १५ गते २३५, पुुस १६ गते २१२, पुस १७ गते २५२ र पुस १८ गते २१६ जनामा कोरोना पृष्टि भएको मन्त्रालयको तथ्यंकमा उल्लेख गरिएको छ ।
सरुवा रोगविशेषज्ञ डा शेर बहादुर पुन नेपालमा अहिले कोरोना संक्रमितको संख्या त्यति नबढेको बताउँदै एक दुई सय संख्यामा तलमाथि हुनु सामान्य रहेको बताउँनुभयो ।
नेपालमा ओमिक्रोनले कोभिडको तेस्रो लहर पनि ल्याउन अनुमान हँुदै आएको छ ।
‘ओमिक्रोम फैलिएका देशहरुमा ओमिक्रोनका बिरामी हेर्दा उहाँहरुको स्वास्थ्य जटिलता र मृत्युदर पनि कम रहेको छ’, उहाँले भन्नु भयो , ‘यदि नेपालमा तेस्रो लहर फैलिहालेपनि पहिलाको अनुभव र स्वास्थ्य संरचना र जनशक्तिले रोग रोकथाम गर्न पहिलेको जस्तो चुनौती हुदैन।’, डा पुनले भन्नुभयो
सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक सुचना जारी गर्दै सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो।
महाशाखाले जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ।
महाशाखाले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न निर्देशन दिएको छ।
नेपालमा अहिलेसम्म आठ लाख २८ हजार ९८६ जनामा कोरोना पृष्टि भएको छ । जसमध्ये आठ लाख १२ हजार ४१९ जनामा कोारेना मृक्त भएका छन् भने ११ हजार ५९६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यंकमा उल्लेख गरेको छ।
नेपालमा चार हजार ९७१ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये चार हजार ७४७ जना होम आइसोलेसनमा, २२४ जना संथागत आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार ८३ जना आइसियू र १९ जना भेन्टिलेटरमा रहेका छन् ।
खोप अभियान सुरु भएदेखि अहिलेसम्म नेपालमा दुई करोड ४६ लाख १४ हजार ४३६ मात्रा खोप लगाएको छ। जसमध्ये कुल जनसंख्याको ४६।५ प्रतिशतले एक मात्रा र ३४।६ प्रतिशले पूर्णमात्रा खोप लगाएका छन् ।
त्यस्तै लक्षित जनसंख्याको ७०।९ प्रतिशतले एक मात्रा र ५२।७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया