घर आगनै सरकार आइपुग्यो
इटहरी, इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन ।उठेर हिडन त परै जाओस,वस्न पनि सक्दैनन । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस...