https://www.facebook.com/nisha.shreshta.7/videos/1892017310901903/?t=0

विराटनगर÷मोरङको वुढीगंगा गाउँपालिकामा यति वेला नेवार संघ खुव चर्चामा आईरहेको छ ।

नेवाःदेयःदवू का केन्द्रिय सदस्य लगायत मोरङ जिल्लाका अध्यक्षको उपस्थितिमा वि.स.२०७४ साल चैत्र महिनामा मा एक औपचारिक कार्यक्रम राखि कार्य समिति तथा सल्लाकारहरुमा चयन गरि यस सघंको स्थापना गरिएको थियो ।
आफ्नो जातिए पहिचान र संस्कार जर्गेना गर्ने उ
देश्यले आम वुढीगंगा वासि नेवार समुदायको उपस्थितिमा टंकीसिन्वारी अवस्थित नरग्राम मा.वि. वाट यस संघ अघि वढेको हो ।


स्थापना काल देखि नै आफ्नो जातिय संस्कार प्रर्दशन गर्दै आईरहेको हुनाले गत बर्ष लाखे प्रदर्शन मात्रै गरिएको थियो । तर यस बर्ष देखि लाखे प्रदर्शनी, गाई जात्रा लगायत नेवारी कल्चरको गितमा नृत्य प्रदर्शन गरिएको छ ।
लाखे जात्रा प्रर्दशन गर्नका लागि यस संघको अध्यक्ष श्री उमेश श्रेष्ठको अध्यक्षतामा लाखे संयोजक श्री पुर्ण वहादुर श्रेष्ठलाई चयन गरीे लाखे प्रर्दशनी जनैपुर्णिमाको दिन देखि श्री कृष्ण यात्राका दिन सम्म हुने वर्तमान अध्यक्ष उमेश श्रेष्ठले वताउनु भयो ।

 

तपाईको प्रतिक्रिया