नोबेल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा स्थान्तरणको माग
नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप लगाउँदै स्थान्तरण हुन चाहेको बताएका थिए । उनीहरुले अतिरिक्त शुल्क आफूहरूलाई कदापि मान्य नहुने बताउँदै आएका छन्...











