नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बग्यो, १७१ जनालाई सुरक्षित स्थानमा सारियो
नारायणी नदीमा आएको बाढीले गए राति नारायणगढ नगरवनको झोलुङ्गे पुल बगाएको छ । त्यसै गरी बाढी पस्ने खतरा भएका नदी किनारका बस्तीबाट १७१ जनालाई सुरक्षित स्थानमा सारेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शनिबार साँझसम्म बढ्दो क्रममा रहेर खतराको तहभन्दा पनि एक दशमलव ४६ मिटरमाथि पुगेको नारायणीको जल सतह अहिले भने घट्दै गएको छ ।
भरतपुर महानगरपालिका–३ नगरवनको नारायणीको भंगालोमा बनेको झन्डै सय म...