निरन्तरको वर्षाका कारण सप्तकोसीका ५६ वटै ढोका खोलिएका छन् । पानीको बहाब उच्च भएका कारण कोसी ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतबार बिहान ९ बजेको मापनअनुसार ३ लाख ६८ हजार ६८० क्यूसेक पानी बगिरहेको छ ।

जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

शनिबारदेखि निरन्तर पानी परिरहेकाले र सप्तकोसीसहित सहायक नदीहरूमासमेत पानीको बहाब उच्च भएको छ।

तपाईको प्रतिक्रिया