सुनको मूल्यले तोड्यो कीर्तिमान, कति पुग्यो ?
नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमान कायम गरेको छ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।
आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा खरिदबि...