नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमान कायम गरेको छ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईको प्रतिक्रिया