सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर १९ गते बिहीबारको राशिफल हेर्नुहोस.
मेष
सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
बृष
नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र ...