धरान / धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले बृद्धि गरिएको कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ । बुधबार मेयर राईले पदभार ग्रहण गर्ने क्रममा कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर गरिसकेपछि सो कुरा बताउनुएको हो । नगर प्रमुख राईले निर्वाचित भएर आइसकेपछि कोही पनि सत्ता पक्ष र प्रतिपक्ष नरहने उल्लेख गदै आफ्नो नेतृत्वमा सबैको सहयोग लिएर नगरलाई विकास र समृद्धितर्फ गति दिने बताउनुभयो ।

पदभार ग्रहण गर्नुपूर्व नगर प्रमुख राईले धरान–१६ स्थित लौह पुरुष गणेशमान सिंह र धरान–१९ हरियालीस्थित नगर प्रमुख तारा सुब्बाको अर्धकदको शालिकमा माल्यार्णपण समेत गर्नुभएको थियो ।

स्वर्गीय सुब्बाको शालिक माल्यार्णपण पछि बोल्नुहुदै नगर प्रमुख राईले स्वर्गीय सुब्बाले अघि सारेका राम्रा काम निरन्तरता दिने बताउदै आफु स्वर्गीय सुब्बाको उत्तराधिकारीको रुपमा काम गर्ने स्पष्ट पार्नुभयो । मेयर राईलाई उपमेयर मञ्जु भण्डारी सुबेदी, प्रमुख प्रशासकिय अधिकृत विनोद पोख्रेललगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया