२०१७ सालदेखिको कम्युनिष्टको एक छत्र राज तोड्दै धरान उप महानगरमा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई बिजयी हुनु भएको छ ।  तिलक राईले २६७०९ मत ल्याएर विजयी   हुनु भएकाे हाे । उहाँका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याएका छन् ।

धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यस पटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै इतिहास रच्नु भएको छ ।

बहुदलपछिको भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका ध्यानबहादुर राई बिजयी हुनु भयो । उहाँले नेपाली कांग्रेसका गोविन्द तुम्वालाई पराजित गर्नु भएको थियो ।

पहिलो स्थानीय निकायको निर्वाचनमा पराजित तुम्बा प्रदेश प्रमुख समेत बन्नु भयो । दोस्रो स्थानीय निकायको निर्वाचनमा पनि नेकपा एमालेकै मनोज मेन्याङ्वो विजयी हुनु भएको थियो ।

उहाँले नेपाली कांग्रेसका राजबिमल श्रेष्ठलाई पराजित गर्नु भयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेकै तारा सुब्बा विजयी हुनु भएको थियो ।

उहाँले नेपाली कांग्रेसका तिलक राईलाई पराजित गर्नु भएको थियो । यस पटक भने उही तिलक राईले माओवादी सहितको नेकपाका उम्मेद्वार प्रकाश राईलाई पराजीत गर्नु भएको छ ।

बहुदल अघि पनि कम्युनिष्ट समर्थितहरुकै धरानमा जीत हँुदै आएको थियो । बहुदल स्थापना अघि धरानमा गोबिन्द मोत्तान, कष्णकुमार राई बम देवान र ध्यानबहादुर राईले चुनाव जित्नु भएको थियो ।

तपाईको प्रतिक्रिया