सुनसरी / धरान उपमहानगरपालिकाको प्रमुख पदको लागी भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईको जीत निश्चित भएको छ । धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले २६१२ मतको अग्रता कायम गरेकाे छ ।

निर्वाचनकाे मतपरिणाम सार्वजनिक हुनु अघिनै कांग्रेसका तिलक राइलाइ बधाइकाे अाेइराे लागिसकेकाे छ । अहिले सामाजिक सञ्जालहरूमा तिलकलाइ बधाइ दिने अाेइराे लागेकाे हाे । धरानमा अहिले सम्म १८ अाेटा वडाकाे मत गणना सम्पन्न भइसकेकाे छ अब दुइ अाेटा वडाकाे मात्रै मतगणना हुन बाकि रहदा कांग्रेसका तिलक राइले अग्रता कायमै राखेका छन । भने नेकपाका प्रकाश पछाडी नै धकेलिदै गएका छन ।


















