स्वास्थ्यचौकीले नै म्याद गुज्रेको औषधि दिए
सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्यचौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो ।
केही दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस भएपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए । उक्त ट...











