सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्यचौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो ।

केही दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस भएपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए । उक्त ट्याब्लेटको म्याद एक महिनाअघि अर्थात अगस्ट २०१९ मै सकिएको थियो ।

म्याद गुज्रेको औषधि खाँदा उनी हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदह बजारमा आइतबार साँझ बेहोस भएका थिए । स्थानीयले उनको उद्वार गरी औषधि हेर्दा म्याद गुज्रेको पाइएको स्थानीय गंगा साहले बताए ।

म्याद गुज्रेको औषधि खाँदा विरामी वृद्धललाई एलर्जी देखिएको स्वास्थ्य संस्थाका हेल्थ असिस्टेन्ट योगेश मण्डलले बताए । आफूहरुले यस्तो सूचना पाएपछि एलर्जी ठीक पार्ने औषधि दिएको उनले बताए ।
‘कर्मचारीहरुले भूलवश म्याद गुज्रेको औषधि दिएका रहेछन्’  ‘म्याद गुज्रेका औषधिहरुलाई अलग ठाउँमा राखे पनि वितरण गर्ने कर्मचारीले त्यही औषधि दिए ।’

तपाईको प्रतिक्रिया