काठमाडौं । चक्रपथ सुधार योजनाले रिङरोडको दोस्रो खण्ड अर्न्तगत सडक मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । सडक मिचेर बनाइएका कंलकी क्षेत्रका पर्खाल, टहरा, घरका छट भत्काएका हुन् । चक्रपथको मापदण्ड सडकको मध्यभागबाट दायाँबायाँ ३१र३१ मिटर छ । चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले मापदण्ड मिचेर बनाइएका संरचना निरन्तर भत्काउँदै लैजाने बताए । ‘सम्बन्धित घरधनीलाई भत्काउन सुचना जारी गरिसकेका छौ,’ उनले भने, ‘अटेर गरेमा डोजर लगाएर भत्काइनेछ ।’

चक्रपथको दोस्रो खण्ड ११ दशमलव ६ किमी छ । चीन सरकारको अनुदान सहयोगमा सडकको मध्यभागबाट २५र२५ मिटर सडक बिस्तार गर्न सडक मिचेर बनाएको संरचना भत्काउन सुरु गरेको हो । २५र२५ मिटर बाहेक ६र६ मिटर ट्रयाक रोड नेपाल सरकारले बनाउनेछ । योजनाका अनुसार सडकको डिजाइन तयार भइसकेको छैन ।

मापदण्ड कायम गरिसकेपछि चीनिया र नेपाली प्राविधिक बसेर डिजाइनको अन्तिम रुपमा दिइने प्रमुख रिमालले बताए । ‘चीन सरकारले सडक बनाउन सुरु गरेपछि नेपाल सरकारले पनि आफ्नो जिम्मेवारीमा परेको सडक बनाउन सुरु गरिनेछ,’ उनले भने, ‘ट्रयाक रोड निर्माण गर्न एक अर्ब रुपैया बजेट लाग्ने अनुमान छ ।’

योजनाका अनुसार कंलकी– धोवीखोला अर्न्तगत सार्नुपर्ने बिजुलका पोल एक हजार वटा छन् । जसमध्ये २ सय ५० वटा सारिसकेका छन् । दुई हजार एक सय वटा रुख पनि ढाल्नु पर्ने हुन्छ । खानेपानीका पाइप पनि सार्नुपर्ने हुन्छ । रुख काट्न र पाइप सार्न जिल्ला वन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय भइरहेको योजनाले जनाएको छ । योजनाका अनुसार चीनियाँ कम्पनीले कोटेश्वर–कलंकी खण्ड २०७५ पुसमा हस्तान्तरण गरेको थियो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया