गट्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक महिला नभई पुरुष भएको खुल्यो
काठमाडौं । भक्तपुरको गट्ठाघरमा हिजो (बिहीबार) दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ ।
दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए । यसअघि दोलखाको मेलुङ गाउँपालिका–४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहि...