दोलखा भिमेश्वरको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा किसिमकिसिमका भावना पलाउने छन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवा...











