विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका वावजुद प्रदेश एक संसद्मा विधेयक पारित भएको छ । रोष्टममा घम्साघम्सी भए पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी बनेको विधेयक बहुमुतले पारित भएको हो ।

 

विरोध हुँदाहुँदै विधेयक पास गरिएको भन्दै काँग्रेसले आक्रोश पोखेको छ । संसदीय सर्वोच्चता कुल्चिएर सत्तापक्षले बहुमतको दम्भ देखाएको काँग्रेस प्रमुख सचेतक केदार कार्कीको प्रतिक्रिया छ ।

यता सत्ता पक्षले भने विपक्षी काँग्रेस मनमोहनको नामबाट त्रसित बनेको भन्दै विरोध गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले राम्रोसँग अध्ययन नगरी विपक्षीले विरोधका लागि विराेधमात्र गरेको प्रतिक्रिया दिए ।

सामाजिक विकास मन्त्रालयले संसद्मा पेस गरेको विधेयकप्रति काँग्रेसले सुरुबाटै विरोध जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रिया