मलमास अर्थात् पुरुषोत्तम मास : के गर्न हुन्छ, के गर्न हुँदैन
य स वर्ष परेकाे मलमास अर्थात् अधिकमास आज शुक्रबार (असाेज २ गते) देखि कार्तिक १ गतेसम्म चल्ने बताइएकाे छ । यद्यपि मलमास सुरू भने हिजाे बिहीबार अपराह्न अपरान्ह ४ः५९ बजेदेखि शुरु भइसकेको र असोज ३० गते राति १ः५३ बजेसम्म रहने ज्याेतिषविद्हरूले जनाएका छन् ।
अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू भने हुदैनन् । यस महिनाभर कुनै पनि विवाह, व्रतबन्धजस्ता शुभकार्य गरिँदैन । दैनिक रूपमा गर्दै ल्याईएका...











